काठमाडौँ, २३ माघ । स्वास्थ्य तथा शिक्षा समिति अन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिले तयार पारेको प्रतिबेदन समितिलाई हस्तान्तरण गर्दै स्वास्थ्य क्षेत्रमा अनुगमन तथा मूल्याङ्कनलाई उच्च प्राथमिकता दिनु पर्ने बताएको छ । समितिको मंगलबार बसेको बैठकमा समितिअन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक खगराज अधिकारीले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्ती समक्ष हस्तान्तरण गर्नुभयो । बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै संयोजक अधिकारीले…