मन्त्री अधिकारीद्वारा थामखर्क विमानस्थल उद्घाटन

खोटाङ, २९  माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले खोटाङको थामखर्क विमानस्थल उद्घाटन गरेका छन २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको विमानस्थल कालोपत्रे सम्पन्न भएपछि सोमबार मन्त्री अधिकारीद्वारा उद्घाटन गरिएको हो। खोटेहाङ गाउँपालिका–४ बड्का, दियालेमा विमानस्थल उद्घाटनका लागि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल, नेपाल…