काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको हो । कार्यदलले कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले…