काठमाडौँ, ५ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी समायोजनमा सरकारले कसैलाई काखा र कसैलाई पाखा नगरेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अध्यादेशका प्रावधानका विरुद्धमा कर्मचारीले आन्दोलन, धर्ना तथा जुलुसजस्ता कार्यक्रम गर्नुको औचित्य नरहेको बताउनुभयो । त्यस्तै उहाँले कर्मचारीको गुनासो सम्बोधन गर्न गुनासो सुनुवाइ समिति गठन…