क्रियाशील वितरणमा सबैले जिम्मेवारी पूरा गर्दा समयमै महाधिवेशन हुन्छ : महामन्त्री थापा

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरणमा हरेकले आफ्नो जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन सम्पन्न गर्न सकिने बताएका छन् । मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकमा सदस्यता वितरणका विषयहरूमा गहन विमर्श र छलफल भएको महामन्त्री थापाले बताए । महामन्त्री थापा संयोजकत्वको उक्त समितिमा केन्द्रीय सदस्यद्वय…