मालवाहक रेल विराटनगर ल्याउने बाटो खुल्यो

विराटनगर, ७ चैत । सर्वोच्च अदालतले कटहरी–१ का केही किसानले दायर गरेको मुद्दा खारेज गरेपछि अब रेलमार्ग निर्माणको बाटो खुलेको हो । सर्वोच्च अदालतले गत असोज ७ मा खारेज गरेको मुद्दाको पूर्णपाठ केही साताअघि आएको छ । सरकारले २०६८ सालमै रेल स्टेसनका लागि अधिग्रहण गरिएको १ सय १९ बिघा जग्गामध्ये ५ बिघाको मुआब्जा विवादकै कारण रोकिएको थियो ।…