काठमाडौँ, पुस २५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच उच्चस्तरीय भेटवार्ता भएको दुई दिनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठकको आयोजना गरिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी…