झापा १७ कात्तिक। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको उद्धेश्य कसैलाई चुनाव हराउनु नभई देशको सार्वभौमसत्तालाई जिताउनु रहेको वताउनु भएको छ । झापा–५बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि चन्द्रगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले देशको सार्वभौमिकतालाई जिताउन आग्रह गर्नुभयो । ‘हामी कसैलाई हराउन होइन, देशको सार्वभौमसत्तालाई जिताउन उम्मेदवार भएका हौं, हामीलाई सार्वभौमसत्ताको मायाँ छ’ ओलीले…