राजपाकै समझदारीमा निर्वाचन सारिएको नेता निधि

चितवन, ६ असार । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताए । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताए…