काठमाडौँ, ४ चैत । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ, ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र…