राज्यकोषबाट पैसा वितरण रोक्ने कानुन बनाउनुपर्छ : महामन्त्री थापा

काठमाडौँ, २ चैत । कांग्रेस महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्‌बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताएका छन् । पाँचथर जिल्लामा शनिबार आयोजित कार्यक्रममा उनले राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने भनाइ छ । पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने सम्बन्धमा सरकारले कानुन तर्जुमा गर्न…