स्थानीय तह निर्वाचनको तयारी पूरा

भोजपुर, २३ जेठ । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको बताइएको छ । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायतका सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिनुभयो । मतपत्र, मतपेटिका प्रचारप्रसारलगायतका सामग्री…