काठमाडाैं, ३० वैशाख । निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ । आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट…