४३ देशका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौँ, २ चैत । अमेरिकी प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने नयाँ सूची तयार गर्दै गरेको समाचार द न्यु योर्क टाइम्सले दिएको छ । प्रस्तावमा भुटानलगायत ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ । यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुगला र यमन रहेका छन् ।  …