प्रदेश प्रमुख खापुङद्वारा पाँच विधेयक प्रमाणीकरण

विराटनगर, १ चैत । कोसी प्रदेशका प्रमुख परशुराम खापुङले पाँचवटा विधेयक प्रमाणित गर्नुभएको छ । कोसी प्रदेशसभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गर्नुभई पेश हुन आएका पाँच विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमुख खापुङले हिजो प्रमाणीकरण गर्नुभएको हो । प्रमाणित गरिएका विधेयकहरुमा प्रदेश जीवनाशक…