निर्वाचन आयोगको प्रस्वाव स्थानीय तहको निर्वाचन वैशाख ३१ मा

काठमाडौँ, ९ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र…