भक्तपुर, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले वैशाख जेठभित्र नै स्थानीय तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । एमालेले २०७४ मङ्सिरसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता योगेश भट्टराईले…