हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको जिम्मा अब प्रदेश सरकारको : गृहमन्त्री लेखक

धनगढी, २७ फागुन । गृहमन्त्री रमेश लेखकले आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकारको भएको बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने सरकारी योजना रहेको बताए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताए ।…