काठमाडौँ, २१ फागुन । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाडौँमा अवतरण भएको छ । अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । यो चार्टर विमानले १० जना नेपाली काठमाडौँ ल्याउने भनिए पनि अहिलेसम्म यकिन सङ्ख्या सार्वजनिक भएको छैन…