काठमाडौँ, १८ फागुन । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए । उनले भने, ‘जुन पदमा म छु त्योभन्दा तल जान म तयार छैन’ । उनले अगाडि भने- ‘नेतृत्व परिवर्तन…