काठमाडौँ, २० फागुन । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयले पुनः अवरोध गरेका छन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोला दुवैतर्फ सोमबारदेखि सबै काम ठप्प छ । धादिङतर्फ सुरुङको मुख अगाडि रहेको ‘रोड साइड सर्भिस स्टेसन’ नजिकै घर भएका स्थानीयले क्षतिपूर्तिको माग राख्दै काम रोकेका हुन् । स्थानीयले काठमाडौंतर्फ आएर सुरुङ र बलम्बुस्थित किसिपिडीमा निर्माणाधीन फ्लाईओभरको काम…