बंगलादेशले नेपालबाट अब ६० मेगावाट बिजुली किन्ने

काठमाडौँ, १२ मंसिर । नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप २० मेगावाट पनि किन्ने सहमति गरेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा उक्त सहमति भएको हो । नेपालका ऊर्जा सहसचिव सन्दीपकुमार देव र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको…