पृथ्वीनारायण शाहको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् : राष्ट्रपति पौडेल

काठमाडौँ, २७ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले…