राजनीतिक दलले आजसम्म मात्र दल दर्ता गर्न पाउने

काठमाडौँ, १० मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ ।  आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका हुन् । निर्वाचन आयोगका अनुसार  निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन् । …