भेनेजुएला घटना नजिकबाट नियालिरहेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौँ, २४ पौष । सरकारले भेनेजुएलाको घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ ।  अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको थियो ।  नेपालका राजनीतिक दलहरूले अमेरिकाले एक सार्वभौम मुलुकको राष्ट्र प्रमुखलाई नियन्त्रणमा लिएको घटनाको विरोध जनाएका थिए । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र…