काठमाडौँ, २० कार्तिक । बेलायती राजदूत रोब फेनले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजदूत फेनले नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) मा बेलायतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उक्त भेटघाटमा डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउने र बेलायतद्वारा समर्थित विभिन्न परियोजनाहरूमार्फत समावेशी रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने…