लुम्बिनी प्रदेशसभाको बैठक आह्वान

तुलसीपुर, १८ वैशाख । लुम्बिनी प्रदेशसभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ ।  प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार आह्वान गरिएको हो । बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो ।