आईएनजीओका परियोजना एकद्वार प्रणालीमा लैजान गृहकार्य

काठमाडौँ, २९ माघ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) बाट परिचालन हुने सबै खर्चलाई एकद्वार प्रणालीमा जोड्न सरकारले गृहकार्य थालेको छ । विदेशबाट आईएनजीओमार्फत भित्रिएको अनुदान राष्ट्रिय हित, प्राथमिकता र आवश्यकताभन्दा बाहिर गएर ‘निहित स्वार्थ’ मा खर्च भएपछि यसलाई रोक्न भन्दै सरकारले एकद्वार प्रणालीमा जोड्ने प्रयास थालेको हो ।  आईएनजीओबाट सिधै र राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) मार्फत गरिएका…