जनकपुर, ३० माघ । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षामा पहुँच र शिक्षा प्राप्तिबाट बालविवाह रोक्न सकिने धारणा राखे । उनले छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिने बताए । आज जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’, बेस नेपालका प्रतिनिधि र बालबालिकासँग मुख्यमन्त्री सिंहले गरिबीको रेखामुनि…