कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने

काठमाडौँ, २६ माघ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ ।  कामपाको शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्डहरू सूचना प्रविधि विभागबाट बोलपत्रको प्रावधानसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयमा वितरण गर्ने भएको हो । तीन सय १३ थान बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।…