लमजुङ, ७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नागरिकको कामलाई आलटाल गर्ने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् । लमजुङको क्व्होलासोथार गाउँपालिका-९, गिलुङस्थित बुद्धोदय माविको स्वर्ण जयन्तीलाई आइतबार सम्बोधन गर्दै उनले घुस खाने कर्मचारी पनि कारबाहीमा पर्ने बताए । उनले कर्मचारीको कार्यशैली पञ्चायतबाट हालसम्म नबदलिएको बताए । उनले भने, ‘घुस खाने र जनताको काममा आलटाल…