वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ । त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा दोलखाका ललितकुमार केसी पक्राउ परेका छन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको काठमाडौँ प्रहरी स्रोतले जनाएको छ । त्रिपाठीले बिहीबारमात्रै आफूमाथि हातपात गर्नेमाथि कारबाहीको माग गर्दै प्रहरी वृत्त सिंहदरबारमा उजुरी…