दोलखा, ३ माघ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले देशमा लगानीमैत्री वातावरण बनाउन तथा नागरिकलाई सहज सेवा प्रवाह गर्न सरकारले अध्यादेशहरू ल्याइएको बताउनुभएको छ । दोलखाको चरिकोटमा आज प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संसद् बस्ने बित्तिकै अध्यादेश संसदमा जाने भएकाले सरकारले संसद् छल्न अध्यादेश ल्याएको भन्न नमिल्ने र संसद छल्यो…