द्रुतमार्गमा काम सुस्त, ७ वर्षमा साढे ३७ प्रतिशत प्रगति

मकवानपुर, ५ माघ । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण व्यवस्थापनको जिम्मा लिएको ७ वर्ष भयो । अहिलेसम्म निर्माण प्रगति ३७.६० प्रतिशत छ । कुल ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र काम भइरहेको छ । ललितपुरको खोकना खण्डको ६.५ किमिमा अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन ।  निर्माणाधीन द्रुतमार्गको निरीक्षण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार यसको प्रगति र समस्याारे…