काठमाडौँ, २ माघ । बिमा प्रणालीमार्फत सेवाग्राहीले प्राप्त गर्ने एक लाखसम्मको सुविधालाई बढाएर पाँच लाख रुपैयाँसम्म पुर्याउन स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । हालको एक लाखको सुविधाले असाध्य तथा गम्भीर प्रकृतिका रोग लागेका नागरिकको उपचारमा ठूलो सहयोग पुर्याउन नसकेको हुँदा बिमाबाट प्राप्त हुने रकमलाई पाँच लाख पुर्याउनुपर्ने कार्यदलको निष्कर्ष छ । स्वास्थ्य तथा जनसंख्या…