शान्ति प्रक्रिया टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २४ पौष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले नै टुंग्याउन कठिन भएको बताएका छन् । आज 'शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल' कार्यक्रममा उनले आफू शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाटै टुंग्याउनुपर्ने पक्षमा रहेको बताए ।  “टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ…