कर्मचारीको कामप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

काठमाडौँ, २१ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारका ५० भन्दा बढी सचिवलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर उनले काममा अप्ठेरो परे सहजीकरण गर्न आफू तयार रहेको समेत बताएका छन् । कानुनी अड्चन देखाएर सुशासनका काममा अवरोध सिर्जना गर्न नहुनेमा ओलीले जोड दिएका थिए । ओलीले सल्लाहकार युवराज…