काठमाडौँ, १९ पौष । गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले आज गरेको जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको भन्दै सीमित स्रोत साधनकाबिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका…