भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाएर लगानी आकर्षित गर्न नयाँ भन्सार ऐन : मन्त्री पौडेल

काठमाडौँ, १६ पौष । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरानो भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन धेरै संशोधन गर्नुपरेकाले सरकारले नयाँ भन्सार ऐन ल्याउनुपरेको बताएका छन् । आज प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भन्सार सम्बन्धी कानुनलाई  संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै पौडेलले वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित…