काठमाडौँ, १५ पौष । शिलान्यासको ८ वर्षपछि राष्ट्रिय प्राणी उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । भक्तपुरको सूर्यविनायक जंगलमा अन्तर्राष्ट्रिय मापदण्डको खुला चिडियाखाना बनाउने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डीपीआर पेस गरेको हो । ललितपुरको जावलाखेलस्थित चिडियाखाना सानो हुँदा वन्यजन्तु थप गर्न नसकिएकाले सरकारले सूर्यविनायकमा उद्यान निर्माण…