कसैको मानवअधिकार हनन् भएको छैन : गृहमन्त्री लेखक

सुर्खेत, २५ मंसिर । गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए ।  आज प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ। प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ ।…