अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ, २४ मंसिर । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायत विषयमा छलफल गरिएको जनाइएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरे । अबको मुख्य…