बीआरआईबारे संसदमा बहस गरौँ : गगन थापा

विराटनगर, २२ मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् । आज काङ्ग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले बीआरआईमा भएको सम्झौताबारे कुरा गर्दै यस्तो बताएका हुन् ।  उनले भने, ‘हामी भारत, चीन, अमेरिका, युरोपसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ । तर, कसैको गठबन्धनमा जान चाहन्नौँ,’…