बीआरआई सम्झौताप्रति गठबन्धनभित्रै संशय

काठमाडौँ, २१ मंसिर । चीन भ्रमणमा जाँदा उत्साहित देखिएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न शंका र अविश्वासको भारी बोकेर फर्केका छन् । भ्रमणका क्रममा चीनसँग भएको बीआरआईसम्बन्धी सम्झौताका विषयमा टीकाटिप्पणी सुरु भइसकेको छ । त्यही कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लर्लेगत्तै प्रधानमन्त्री ओलीले चीनसँग भएको सम्झौतामा ऋणको कुरा कहीँकतै उल्लेख नभएको प्रस्टोक्ति दिएका छन् । बेइजिङमा बुधबार हस्ताक्षर…