काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । आज काठमाडौँमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताए । विनाशकारी प्रभावहरू बढिरहेको उल्लेख गर्दै…