काठमाडौँ, २२ मंसिर । दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन दलीय राजनीतिमा सक्रिय हुन थालेका छन् । उनी पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएका छन् । पार्टीमा औपचारिक निर्णय नभए पनि अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा उनी पदाधिकारी बैठकमा जाने गरेका हुन् । स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्न बिहीबार बसेको माओवादी पदाधिकारीको बैठकमा पूर्वउपराष्ट्रपति…