रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

काठमाडौँ, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् । चितवन प्रहरीका अनुसार लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको र जाहेरी लिएर अनुसन्धान थालेको हो । सहारा चितवनबाट गोरखा…