काठमाडौँ, २ मंसिर । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टका अनुसार यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने भएको हो । उनले भने, ‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ । तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन…