भक्तपुर एमालेको ‘लालकिल्ला’ हुन्छ भनेर महेश बस्नेतविरुद्ध सवै लागे: मन्त्री थापा

भक्तपुर, १ मंसिर । बागमती प्रदेशको स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरमा नेकपा (एमाले)को लालकिल्ला हुन्छ भनेर एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जिल्लामा भएका सम्पूर्ण दलहरु लागेको बताउनुभएको छ । आज एमाले सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भक्तपुरको विकास र समृद्धिको कायपलट गर्ने महेश बस्नेत विरुद्ध २०७९ को निर्वाचनमा सवै दलहरु एक…