तिहारले सामाजिक सौहार्दता, भाइचारा एवं एकतालाई बलियो बनाउनेछ: उपराष्ट्रपति  यादव

काठमाडौँ, १५ कार्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् । तिहारको शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन पनि अनुरोध गरेका छन् । उपराष्ट्रपति यादवले तिहारले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने…